३. मूल रणनीति
३.१ व्यापारलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने गरी अनुकूल वातावरण सिर्जना गर्ने
(क) वैदेशिक व्यापारलाई विश्व अर्थव्यवस्था अनुकूल प्रतिस्पर्धी बनाउन सरकारले पथप्रदर्शक, संरक्षक, नियामक र उत्प्रेरकको भूमिका निर्वाह गरी निजी क्षेत्रलाई व्यापार सञ्चालनमा सक्रिय सहभागी बनाउने ।
(ख) व्यापार प्रक्रियामा सरलीकरण, सहजीकरण तथा संस्थागत सुदृढीकरणको माध्यमबाट निकासी पैठारीमा सहजता ल्याई कारोवार लागत घटाउने ।
(ग) वस्तु तथा सेवा व्यापारसँग सम्बन्धित नीतिगत, संस्थागत र भौतिक संरचनाको विकास र सुधार गर्ने ।
(घ) बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गरी अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच बढाउने ।
(ङ) स्वदेशमा उपलब्ध सीप, साधन र स्रोतमा आधारित तुलनात्मक लाभका वस्तुहरूको पहिचान र छनोट गरी व्यापार प्रवद्र्धनमा सहयोग पु¥याउने ।
३.२ ३.२ निर्यात अभिवृद्धि गरी व्यापार घाटा कम गर्ने
(क) निर्यातमूलक उद्योगहरूलाई चाहिने कच्चा पदार्थ, औद्योगिक मेसिनरी आदिको आयात प्रक्रिया सरल बनाउने र प्रोत्साहनको व्यवस्था गर्ने ।
(ख) द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय व्यापार सन्धिबाट सिर्जित अवसरहरूको उपयोग गरी नेपालमा उत्पादित वस्तुहरूको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने ।
(ग) स्वदेशी तथा विदेशी लगानी आकर्षित गरी निकासी प्रवद्र्धन गर्न विशेष आर्थिक क्षेत्रहरूको स्थापना र विस्तार गर्ने ।
.३ आय र रोजगारीका अवसर वृद्धि गर्ने
(क) वाणिज्य क्षेत्रसँग सम्बन्धित रोजगारमूलक सीप र उद्यमशीलता विकासमा जोड दिई सीमान्तकृत वर्ग र विपन्न समुदायमा रोजगारी बढाउने र व्यापार विकासलाई समावेशी तुल्याउने ।
(ख) परम्परागत सीप, कला र कौशलको प्रयोग गरी उत्पादन हुने निकासीजन्य वस्तुहरूलाई बजारमा पु¥याउन औद्योगिक ग्राम, विशेष क्षेत्रहरू को विकास र प्रवद्र्धनमा जोड दिने ।
(ग) सेवा व्यापार प्रवद्र्धन गरी आय र रोजगारीका अवसर वृद्धि गर्न जोड दिने ।
३.४ आन्तरिक व्यापार र वैदेशिक व्यापारबीच अन्तरसम्बन्ध स्थापना गर्ने
(क) निर्यातयोग्य उद्योगबाट उत्पादन हुने वस्तु वा सेवाको आंशिक हिस्सा मुलुकभित्र खपत गर्ने वातावरण सिर्जना गर्ने ।
(ख) स्वदेशभित्रै खपत हुने गरी उत्पादन गरिएका वस्तु वा सेवाको विस्तार गरी निर्यात गर्न प्रोत्साहन गर्ने ।